सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका साथ सुरुवात गरिएको छ । कार्यक्रममा सेभेन डे एड्भेन्टिस्ट चर्च नेपालका केन्द्रिय अध्यक्ष एवम निर्देशक शैलेश दिन दियल ज्युको सभापतित्वामा बागमति प्रदेश अध्यक्ष रेभरेन्ट पास्टर शमुएल शर्मा,बागमति प्रदेश सल्लाहकार रेभरेण्ट पास्टर जीवन शाह लगायत अन्य जिल्लाका जिल्ला अध्यक्षज्यु हरु र पास्टरहरु सङ्गै अनि १०० दिने विध्यार्थीहरुको उपस्थिति रहेको थियो । यस्तै तालिम हरु २९ ब्याचसम्म गराइसकेका छन भने यस सस्थाले आत्मिक रुपमा बाइबलीय ज्ञान दिने हितुले यो तालिम संचालन गरिएको हो । यस सस्थाद्वारा गरिब दिन दुखी हरुलाइ समेत अर्थिक भौतिक…
पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्थल मै मृत्यु भएको प्रत्यक्षदर्शि भन्छन ती १७ जनाको शब निकालिएको खवर आएको छ भने थप विवरण आउँदै।
धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार रामबहादुर भण्डारीले जनता भेटघाट अभियान सुरु गर्ने भएका छन्। उक्त अभियान माघ २५ गते आइतबार बिहान ८ बजे नीलकण्ठ नगरपालिका–९ स्थित गोला भञ्ज्याङबाट औपचारिक रूपमा उद्घाटन गरी अघि बढाइने जानकारी भण्डारीले दिएका छन्। गोला भञ्ज्याङबाटै अभियानको शुभारम्भ गर्नुलाई अर्थपूर्ण र भावनात्मक निर्णयका रूपमा हेरिएको छ। जनयुद्धको समयमा सोही स्थानमा शाही नेपाली सेनाले गोली हानेर मृत ठानेर मकैबारीमा फालेका भण्डारीलाई स्थानीय बासिन्दाले जीवित अवस्थामा फेला पारेर हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल पुर्याएका थिए। स्थानीयको सक्रियताकै कारण उनको ज्यान जोगिएको थियो। उक्त घटनालाई आफ्नो जीवनको…
बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २८औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता **एस.डि.ए. चर्च नेपालका केन्द्रीय अध्यक्ष एवम् निर्देशक डा. सिलास दिन दियल (शैलेस)**ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व नेपाल सेक्सनका अध्यक्ष वरिष्ठ पास्टर डेबिट ताम्साङ, विशिष्ट अतिथि एस.डि.ए. चर्च नेपाल बागमती प्रदेश अध्यक्ष वरिष्ठ पास्टर शमुएल शर्मा, विशेष अतिथि बागमती प्रदेश वरिष्ठ सल्लाहकार वरिष्ठ पास्टर जीवन शाहलगायत विभिन्न जिल्लाका चर्चका अध्यक्ष, प्रतिनिधि, विभिन्न मण्डलीका पास्टर, अगुवा, तालिमका प्रशिक्षक–प्रशिक्षिका, २३ जना विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो। सो ३ महिनाको निशुल्क बाइबल अध्ययन…
सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगुवाहरूलाई बाइबल अध्ययन र शिक्षामा अझ सशक्त बनाउने रहेको आयोजकले जनाएका छन्। तालिममा विभिन्न चर्च र मण्डली सम्प्रदायबाट आएका २६ जना पास्टर अगुवाहरूले सहभागिता जनाएका थिए। तीनदिने उक्त तालिममा सहभागीहरूले बाइबलको गहिरो अध्ययन, आत्मिक नेतृत्व, शिक्षण शैली लगायतका विषयमा ज्ञान प्राप्त गरेका थिए। SDA चर्च नेपालका केन्द्रिय अध्यक्ष डा. सिलास दिन दियलले सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै बाइबल अध्ययनको महत्वमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम आशिषमय भएको सहभागी पास्टर अगुवाहरूले बताए। उनीहरूले तालिमले आफ्नो आत्मिक जीवनमा नयाँ ऊर्जा मिलेको अनुभूति गर्दै धन्यवाद ज्ञापन…
सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भाषाको दोहोरी गीत हो म्हेन्दोमाया (फुलमाया) नुवाकोट,धादिङ रसुवाको संगम स्थलको रुपमा रहेको प्राकृतिक,सास्कृती,धार्मिक महत्त्व बोकेको धार्मिक स्थल सिङ्ल्हामा बिगतका बर्षहरु मा झै जनैपूणिर्माको दिन साउन २३ र २४ गते झाक्री मेला लागेको अवसरमा जम्बुलिङ फिल्म्स परिवारको आयोजनामा चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा भाग लिनका लागि समूह दर्ता शुल्क रु,४,००० हजार रहेको छ भने प्रथम पुरस्कर रु,२५,००० हजार नगद र प्रमाणपत्र दितिय पुरस्कर रु,१५,००० हजार नगद र प्रमाणपत्र तितृय पुरस्कर रु,१०,००० हजार नगद र प्रमाणपत्र रहेको आयोजकले जानकारी दिनु भएको छ ।…
धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने भएको छ। संघको जिल्ला समिति गठन कार्यक्रम यही श्रावण १६ गते (बुधवार) बिहान १० बजे गजुरी गाउँपालिका–१, रुम्बा होटलको सभाहलमा हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ रहनुहुनेछ। कार्यक्रमबारे जानकारी गराउँदै आयोजक समितिका केन्द्रीय सदस्य तथा संघका गुरु जयराम थिङ तामाङले सबै खेलप्रेमी तथा खेलाडीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।
सर्लाही, विजयपुर / संवाददाता Seventh Day Adventist (SDA) चर्च नेपालले सर्लाही जिल्लाको विजयपुर नगरपालिका–८ र ९ मा रहेका दुई बस्ती—खोरिया टोल र लक्ष्मीनिया टोल—का करिब २०० घरधुरीलाई निःशुल्क झुल वितरण गरेको छ। गर्मी यामसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु र मलेरिया रोगको जोखिम बढेको सन्दर्भमा जनस्वास्थ्य सुरक्षा अभियानस्वरूप झुल वितरण गरिएको हो। कार्यक्रम SDA चर्च नेपालका केन्द्रीय अध्यक्ष तथा संस्थाका निर्देशक पास्टर डा. सिलास दिन दियलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। झुल वितरण गर्दै अध्यक्ष डा. दियलले लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया जस्ता रोगहरूले ज्यानै जाने खतरा रहने हुँदा बचावका उपायस्वरूप यस्ता सामग्री वितरण गरिएको जानकारी दिनुभयो। उहाँले SDA चर्च नेपालको…
सन्दिप स्याम्चेन, seventh day adventist church नेपाल sda को दुई दिने बाइबल अध्ययन तथा अन्तरक्रीया कार्यक्रम काभ्रे जिल्लाको नगरकोटमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा sda church नेपालका केन्द्रिय अध्यक्ष डाक्टर शैलेस दिन दियल (सिलाश ) ज्युको प्रमुख अतिथी र प्रमुख वक्त रहेको थियो । बाइबल अध्ययन सम्बन्धि बाइबलिया तालिम गराइएको थियो सम्पुर्ण ख्रीस्टियन समुदायका विस्वासीहरुले बाइबल सम्बन्धि ज्ञान हुनु बाइबलिय शिक्षा अनिवार्य हुनु लगायत बाइबल सम्बन्धि सबल जवाफ र अन्तरक्रीया छलफल भएको थियो । sda church नेपालले बाइबललाई मुख्य आधार मानी शिक्षा दिइरहेको र विशेष गरि येशु ख्रीस्ट्लाइ पछ्याउने व्यक्तिहरु ख्रीस्ट जस्तै भएर जिउनु पर्छ भनी शिक्षा दिदै आइरहेको छ…
सन्दिप स्याम्चेन धादिङ ,उत्तरी धादिङको रुबिभ्याली,खनियाबास गाउँ पालिका र छिमेकी जिल्ला नुवाकोटको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थाल सिङ्ल्हा म्हानेमा हुने २ दिने सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको महोत्सव संयोजक मङ्गा बहादुर तामाङले जानकारी गरायो। सिङ्ल्हा म्हाने पर्यटकिय धार्मिक तथा ऐतिहासिक स्थल भएकाेले त्यहाँ स्थानिय संस्कृतिकाे प्रचारप्रसार नै मुख्य उद्देश्य रहेकाे तामाङले बताउनुभयाे । हालसम्म प्रथम सिङ्ला पर्यटन मेला २०८२ काे तयारी ९० प्रतिशत सम्पन्न भएकाे र २६ गते सम्ममा सबै तयारी पुराहुने आयाेजकले जनाएकाे छ ।