Susandesh Khabar

समाज

झापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु

झापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु

  बिर्तामोड असोज२८ ।। झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसतासी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।…
Read More
श्रीमतीको हत्यापछि फरार भएका चौहान पक्राउ

श्रीमतीको हत्यापछि फरार भएका चौहान पक्राउ

  अर्जुनधारा असोज २८।। अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो । चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब  ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए।
Read More
लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

  बिर्तामोड ।।   झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको  विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड…
Read More
न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  बिर्तामोड असोज २३ ।। बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीले दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।अभिभावक संघ एकाई अध्यक्ष नरेश भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, आबद्ध साकोसका व्यवस्थापक पर्वत चिमरिया, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालयका इञ्चार्ज नोयल परेरा, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा २०८१ को उत्कृष्ट शिक्षक मनिषा श्रेष्ठलाई १० हजार रुपैँयासहित सम्मान गरिएको थियो । सो अबसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक हुमागाईंले विद्यालयप्रति जिम्मेबार र लगनशिल भएर काम गर्न आग्रह गरेका थिए…
Read More
वरिष्ठ गीतकार विश्व बल्लभको  निधन

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

  काठमाण्डौ ।। वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो । गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका छन् । गीतकार थापा बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय रहेका थिए । बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् । विश्व बल्लभले तारादेवीले…
Read More
राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन 

राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन 

  बिर्तामोड । असोज २२।। राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा झापाली पत्रकार अर्जुन राजवंशी चयन  भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार  राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले राजवंशी समाज विकास समितिको विधानअनुसार मनोनित समेत गरी २५ सदस्यीय युवा समिति गठन गरेको हो । राजवंशी युवा समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, दुई जना सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए…
Read More
न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

न्युटन्स् एजुकेसन र कन्काई हस्पिटल बीच सम्झौता

बिर्तामोड,  न्युटनस् एजुकेसन एकेडेमीले   कन्काई हस्पिटलसँग सम्झौता गरेको छ। न्युटनस् एजुकेसन एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको आकस्मिक दुर्घटनाको उपचारका लागि  कन्काई हस्पिटलसँग सम्झौता भएको छ । विद्यालय परिसरभित्र भएका दुर्घटनाको लागि बिर्तामोड ५ स्थित कन्काई हस्पिटल प्रा.लि. र न्युटन्स् एजुकेसन एकेडेमीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।उक्त सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रिन्सिपल देबेन्द्र हुमागाईं र कन्काई हस्पिटलका तर्फबाट अध्यक्ष युवराज डाँगीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको न्यूनतम रु १००० देखि अधिकतम रु १ लाख सम्मको दुर्घटना औषधि उपचार बीमा विद्यालयको तर्फबाट गरिएको छ भने कन्काई हस्पिटल प्रा.लि.को तर्फबाट विभिन्न सेवाहरूमा छुट सुविधासहित अतिरिक्त सुविधा समेत प्रदान गरिएको छ । (more…)
Read More
आजबाट बडा दशैं सुरु आज घटस्थापना गरिँदै

आजबाट बडा दशैं सुरु आज घटस्थापना गरिँदै

बिर्तामोड झापा।। आजबाट बडा दशैं सुरु भएको छ। बडा दशैँको पहिलो दिन  आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।   नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक  घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ।  ​ नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको…
Read More
इलाम पाँचथर र ताप्लेजुङमा विद्युत अवरुद्ध सुचारु हुन केही दिन लाग्ने

इलाम पाँचथर र ताप्लेजुङमा विद्युत अवरुद्ध सुचारु हुन केही दिन लाग्ने

  पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्। असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए। ताप्लेजुङ…
Read More
झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

बिर्तामोड ।।  लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१…
Read More