बिर्तामोड कातिक २ ।। विर्तामोड– भद्रपुर सडकखण्डको बिर्ताबजारमा छोटा हात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे बिर्तामोड–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड –३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो । ठक्कर दिने छोटा हात्ती र चालक कन्काई –८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
झापा कार्तिक २ ।।झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो । आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो । उनलाई उपचारका लागि तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिर्तामोड असोज २७ ।। पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका वडा नम्बर ४ अमलडाँगीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हिजोरती पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को. २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो । गम्भीर घाइते दुवैलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा चिकित्सकले जाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको थियो । घटनाबारे उनीहरुको आफन्तलाई जानकारी गराइ प्रहरी चौकी केर्खाले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन…
बिर्तामोड। माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरीगंज गाउँपालिका-३ बाइसे टोल बस्ने ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न खेतमा रहेको पानी तान्ने विद्युतीय मोटरको तार खोली खोलामा लगाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ ।…
काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले गरेको छ। पहिरो ले पुरिएको बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।
पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…
बिर्तामोड असोज १०।।झापामा पिकअपको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ निवासी ४० वर्षीया जानुका अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार बिहान ७ः१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी– ११ दुधेमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक अधिकारी गम्भीर घाइते भएकी थिइन् । उनको टाउकोमा चोट लागेर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको र उपचारको क्रममा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको…
विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको थियो । सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।