Susandesh Khabar

Day: २०८१ भाद्र १५, शनिबार

आमासँगै हराएका दुई नाबालिकाको सब केराबारीमा फेला, आमा अझै बेपत्ता

आमासँगै हराएका दुई नाबालिकाको सब केराबारीमा फेला, आमा अझै बेपत्ता

  विराटनगर : मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा  नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत फेला परेका हुन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरु १ वर्षीया अर्पणा कार्की र ३ वर्षीया आयिका कार्की मृत फेला परेको जानकारी दिए। अर्जुनकी पत्नी (श्रीमती) २९ वर्षीया अस्मिता न्यौपाने सम्पर्कविहीन छन्। केराघारीभित्र २ बालिका मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन केही समययता पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएको प्रहरीले जनाएको छ।…
Read More
बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

  बिर्तामोड , भदौ १५ । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ ५:१० बजे बिर्तामोड-५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदी भने सकुशल रहेका छ्न। घाइते पाँचकोटीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको थियो…
Read More
कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन-उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन-उपेन्द्र यादव

  काठमाडौँ —जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ । उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको…
Read More
राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार

राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार

  काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार रुपैयाँ पुर्‍याएको छ । एन्फाको मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले समान ३० हजार रुपैयाँ पाउने छन् । यसअघि, एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई मासिक १८ हजार रुपैयाँ दिँदै आएको थियो । यस्तै, एन्फाले फिफा ब्याच प्राप्त रेफ्रीहरूलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ ।
Read More
दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि पुनियानीलाई प्रदान

दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि पुनियानीलाई प्रदान

  बिर्तामोड भाद्र १४।। यस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि राजा पुनियानीलाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठान झापाले शुक्रबार बिर्तामोडमा एक कार्यक्रमबीच पुनियानीलाई पुरस्कार प्रदान गरेको हाे । बिर्तामोड नयाँ बसपार्क स्थित राके हाेटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आख्यानकार कृष्ण बराल र प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले नगद तीस हजार रूपैयाँसहित, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मन् सहित पुरस्कृत गरेका थिए । परकार्यक्रममा कवि सुन्दर कुरूपले  दिव्यबिक्रम नेम्वाङको लोकतान्त्रिक , राजनीतिक र साहित्यिक योगदानबारे चर्चा गरे । पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक अस्मिता विष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् । पुनियानीले नेपाली भाषा साहित्यको…
Read More