बिर्तामोड कातिक २ ।। विर्तामोड– भद्रपुर सडकखण्डको बिर्ताबजारमा छोटा हात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे बिर्तामोड–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड –३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो । ठक्कर दिने छोटा हात्ती र चालक कन्काई –८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
झापा कार्तिक २ ।।झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो । आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो । उनलाई उपचारका लागि तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।