सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगुवाहरूलाई बाइबल अध्ययन र शिक्षामा अझ सशक्त बनाउने रहेको आयोजकले जनाएका छन्। तालिममा विभिन्न चर्च र मण्डली सम्प्रदायबाट आएका २६ जना पास्टर अगुवाहरूले सहभागिता जनाएका थिए। तीनदिने उक्त तालिममा सहभागीहरूले बाइबलको गहिरो अध्ययन, आत्मिक नेतृत्व, शिक्षण शैली लगायतका विषयमा ज्ञान प्राप्त गरेका थिए। SDA चर्च नेपालका केन्द्रिय अध्यक्ष डा. सिलास दिन दियलले सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै बाइबल अध्ययनको महत्वमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम आशिषमय भएको सहभागी पास्टर अगुवाहरूले बताए। उनीहरूले तालिमले आफ्नो आत्मिक जीवनमा नयाँ ऊर्जा मिलेको अनुभूति गर्दै धन्यवाद ज्ञापन…