Susandesh Khabar

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

 

काठमाण्डौ ।। वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो ।

गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका छन् । गीतकार थापा बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय रहेका थिए ।

बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।

लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।

विश्व बल्लभले तारादेवीले गाएको ‘शुभकामना’, अरूणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ नारायण गोपालले गाएको ुपर्खी बसे आउला भनी, मेरो उठ्ने पालोु जस्ता चर्चित गीत लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...