Skip to main content

Susandesh Khabar

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगुवाहरूलाई बाइबल अध्ययन र शिक्षामा अझ सशक्त बनाउने रहेको आयोजकले जनाएका छन्।

तालिममा विभिन्न चर्च र मण्डली सम्प्रदायबाट आएका २६ जना पास्टर अगुवाहरूले सहभागिता जनाएका थिए। तीनदिने उक्त तालिममा सहभागीहरूले बाइबलको गहिरो अध्ययन, आत्मिक नेतृत्व, शिक्षण शैली लगायतका विषयमा ज्ञान प्राप्त गरेका थिए।

SDA चर्च नेपालका केन्द्रिय अध्यक्ष डा. सिलास दिन दियलले सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै बाइबल अध्ययनको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रम आशिषमय भएको सहभागी पास्टर अगुवाहरूले बताए। उनीहरूले तालिमले आफ्नो आत्मिक जीवनमा नयाँ ऊर्जा मिलेको अनुभूति गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...