Susandesh Khabar

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगुवाहरूलाई बाइबल अध्ययन र शिक्षामा अझ सशक्त बनाउने रहेको आयोजकले जनाएका छन्।

तालिममा विभिन्न चर्च र मण्डली सम्प्रदायबाट आएका २६ जना पास्टर अगुवाहरूले सहभागिता जनाएका थिए। तीनदिने उक्त तालिममा सहभागीहरूले बाइबलको गहिरो अध्ययन, आत्मिक नेतृत्व, शिक्षण शैली लगायतका विषयमा ज्ञान प्राप्त गरेका थिए।

SDA चर्च नेपालका केन्द्रिय अध्यक्ष डा. सिलास दिन दियलले सहभागीहरूलाई प्रशिक्षण दिनुका साथै बाइबल अध्ययनको महत्वमाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रम आशिषमय भएको सहभागी पास्टर अगुवाहरूले बताए। उनीहरूले तालिमले आफ्नो आत्मिक जीवनमा नयाँ ऊर्जा मिलेको अनुभूति गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...