Susandesh Khabar

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २८औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता **एस.डि.ए. चर्च नेपालका केन्द्रीय अध्यक्ष एवम् निर्देशक डा. सिलास दिन दियल (शैलेस)**ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व नेपाल सेक्सनका अध्यक्ष वरिष्ठ पास्टर डेबिट ताम्साङ, विशिष्ट अतिथि एस.डि.ए. चर्च नेपाल बागमती प्रदेश अध्यक्ष वरिष्ठ पास्टर शमुएल शर्मा, विशेष अतिथि बागमती प्रदेश वरिष्ठ सल्लाहकार वरिष्ठ पास्टर जीवन शाहलगायत विभिन्न जिल्लाका चर्चका अध्यक्ष, प्रतिनिधि, विभिन्न मण्डलीका पास्टर, अगुवा, तालिमका प्रशिक्षक–प्रशिक्षिका, २३ जना विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो।

सो ३ महिनाको निशुल्क बाइबल अध्ययन तालिम नेपालका विभिन्न जिल्लाहरु र चर्च मण्डलीहरुबाट छनोट गरिएका विद्यार्थीहरुलाई ख्रीस्टियन जीवनमा बाइबलको अनिवार्य ज्ञान, शिक्षा तथा येशु ख्रीस्टजस्तै जीवन जिउने तरिका सिकाउने उद्देश्यले सञ्चालन गरिएको हो।

एस.डि.ए. चर्च नेपालले विगत केही वर्षदेखि हरेक वर्ष तीन समूहलाई लक्षित गर्दै निशुल्क बाइबल अध्ययन सेमिनार गर्दै आएको छ। यस संस्थाले आत्मिक विकाससँगै शारीरिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम, गरिब तथा विपन्न परिवारलाई सहयोग, अनाथ बालबालिकालाई निशुल्क शिक्षा, प्राकृतिक प्रकोपमा राहत वितरण, किसानलाई उन्नत जातका बाख्रा उपलब्ध गराउने लगायत सामाजिक उत्तरदायित्वका काम पनि गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...