Susandesh Khabar

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २८औँ दीक्षान्त समारोह बिहीबार सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता **एस.डि.ए. चर्च नेपालका केन्द्रीय अध्यक्ष एवम् निर्देशक डा. सिलास दिन दियल (शैलेस)**ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व नेपाल सेक्सनका अध्यक्ष वरिष्ठ पास्टर डेबिट ताम्साङ, विशिष्ट अतिथि एस.डि.ए. चर्च नेपाल बागमती प्रदेश अध्यक्ष वरिष्ठ पास्टर शमुएल शर्मा, विशेष अतिथि बागमती प्रदेश वरिष्ठ सल्लाहकार वरिष्ठ पास्टर जीवन शाहलगायत विभिन्न जिल्लाका चर्चका अध्यक्ष, प्रतिनिधि, विभिन्न मण्डलीका पास्टर, अगुवा, तालिमका प्रशिक्षक–प्रशिक्षिका, २३ जना विद्यार्थी तथा अभिभावकहरुको विशेष उपस्थिति रहेको थियो।

सो ३ महिनाको निशुल्क बाइबल अध्ययन तालिम नेपालका विभिन्न जिल्लाहरु र चर्च मण्डलीहरुबाट छनोट गरिएका विद्यार्थीहरुलाई ख्रीस्टियन जीवनमा बाइबलको अनिवार्य ज्ञान, शिक्षा तथा येशु ख्रीस्टजस्तै जीवन जिउने तरिका सिकाउने उद्देश्यले सञ्चालन गरिएको हो।

एस.डि.ए. चर्च नेपालले विगत केही वर्षदेखि हरेक वर्ष तीन समूहलाई लक्षित गर्दै निशुल्क बाइबल अध्ययन सेमिनार गर्दै आएको छ। यस संस्थाले आत्मिक विकाससँगै शारीरिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम, गरिब तथा विपन्न परिवारलाई सहयोग, अनाथ बालबालिकालाई निशुल्क शिक्षा, प्राकृतिक प्रकोपमा राहत वितरण, किसानलाई उन्नत जातका बाख्रा उपलब्ध गराउने लगायत सामाजिक उत्तरदायित्वका काम पनि गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...