धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबास अथवा भोकै बसि दिन रात प्रभु येशु ख्रीस्टको नाममा प्रार्थना गरि येशुकै नाममा उद्दार र मुक्ती पापबाट छुटकारा र भोकै बसि प्रार्थना गर्दा मागेको चिज पाउने धार्मिक बिश्वासका साथ उपबास कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालको सातै प्रदेशका पास्टर अगुवाहरुको उपस्थिति रहेको थियो ।
धादिङ, बागमति प्रदेशको मकवानपुर जिल्ला हेटौंडा ड्राइभर डाडामा रहेको एस.डि.ए.चर्च नेपाल केन्द्रको आयोजनामा ३ दिने प्रार्थना उपबास कार्यक्रम सम्पन्न गरेको छ । उक्त ३ दिन सम्म खानेकुरा र पानी पनि नखाइ उपबास गरेर प्रभु येशु ख्रीस्ट परमेस्वरको नाममा प्रार्थना गरिएको थियो सोही कार्यक्रममा नेपालको सातै प्रदेशका पास्टर अगुवा र विस्वासीहरुको उपस्थिति रहेको थियो।