Susandesh Khabar

गोरखा दरबारमा सेतो पुतलीको बिगबिगी, शापुको त्रास

गोरखा : सेतो पुतली अत्याधिक थुप्रिएपछि गोरखा दरबार, गोरखकाली तथा गोरखनाथ मन्दिरमा आउने तिर्थालु भक्तजनहरूमा आँखा हुने गम्भीर संक्रमण ९शापु०को त्रास बढेको छ। मन्दिरमा जहाँतहीँ विषालु पुतली देखेर भक्तजनहरू डराउने गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए।

‘मन्दिर र दरबारको जहाँतहीँ सेतो पुतली देखेर भक्तजनहरु तर्सिनुहुन्छ’, पाठक भन्छन्, ‘यसलाई यहाँबाट हटाउने उपाय केही थाहा छैन। हामीले सेतोपुतलीबाट मुक्ति पाउन सामाजिक सञ्जालमा पनि लेखेर राय सुझाव मागेका थियौं।’ तर, व्यवहारिक उपाय कहीँबाट पाउन नसकेको उनको भनाइ छ।

सेतोपुतलीले अत्याएर भक्तजनहरू नआउलान् भन्नेसम्मको चिन्ता भएको मन्दिरका पुजारी शारदाप्रसाद भट्टराईको भनाइ छ। ‘सेतोपुतलीको झुसले आँखाको ज्योति नै गुम्न सक्छ भन्ने सबैलाई थाहा छ। यस्तो खतरनाक पुतली मन्दिरभरि देखेपछि सबै डराएको देखिन्छ’, उनी भन्छन्, ‘यो समस्या चाँडोभन्दा चाँडो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ।’ यसबाट मन्दिरका पुजारी, सुसारे, भक्तजन कोही पनि समस्यामा नपरुन् भन्ने आफ्नो अपेक्षा रहेको उनको भनाइ छ।

मन्दिरभरि सेतोपुतली देखेर डरत्रास बढाएको मन्दिरमा भेटिएका एक भक्तजन शिव सुनारले बताए। ठूला मान्छे त सावधानी अपनाएर बच्न सके पनि भक्तजनसँग आएका बालबच्चालाई जोगाउन मुस्किल हुने उनले बताए।

सेतो पुतलीको झुस आँखामा परेमा त्यसले सिजनल हाइपरएक्यूट प्यान युभिट्स ९शापु० नामको आँखाको संक्रमण गराउँछ। यसले आँखाको ज्योतीसम्म गुमाइदिन सक्ने हुनाले बचेर पूजाआजा गर्न गोरखा दरबार हेरचाह अड्डाले अनुरोध गरेको छ।

दुई(दुई वर्षमा देखिने भने पनि गत वर्ष व्यापक देखिएको यो पुतली यस वर्ष पनि देखिएको हो। केही दिनदेखि शापुका बिरामी फाट्टफुट्ट आउन थालेका गोरखा आँखा उपचार केन्द्रका बालकृष्ण पोखरेलको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...