Susandesh Khabar

विनय कसजू स्मृतिग्रन्थ लोकार्पण

काठमाण्डौ – वरिष्ठ बाल साहित्यकार तथा पत्रकार विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा आज एक कार्यक्रमकाबीच विनय कसजू स्मृतिग्रन्थ लोकार्पण भएको हो । स्मृतिग्रन्थ विनय कसजू स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

कसजूको २०७६ साल मङ्सिर १० गते निधन भएको थियो । उहाँ नेपाली पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्ति हुनुहुन्थ्यो । ग्रामीण पत्रकारितालाई अघि बढाउन पनि कसजूको ठूलो योगदान छ । उहाँले गाउँले जनजीवनका लागि उपयोगी गाउँले देउराली भित्ते पत्रिकाको प्रकाशन शुरु गर्नुभएको थियो । अहिले पनि पाल्पामा गाउँले देउराली पत्रिका लोकप्रिय रहेको छ ।

बालसाहित्यतर्फ कसजूका एक सय वटाभन्दा धेरै कृति प्रकाशित भएको छ । उहाँका १०० बालकथाहरू, मुसालाई दोसल्ल र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृति सार्वजनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...