Susandesh Khabar

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै

छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन्। । भर्खरै सम्पन्न १८ औँ लोकसभा निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

कार्यवाहक प्रधानमन्त्रीका रुपमा रहेका मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदै छन् । आफ्नो शपथ ग्रहण समारोहमा उनले नेपालसहित छिमेकी देशका सरकार प्रमुखलाई आमन्त्रण गरिसकेका छन् ।

विभिन्न राष्ट्रका प्रमुखलाई बुधबार फोनमार्फत आमन्त्रण गर्दा शनिबारका लागि शपथ ग्रहण समारोह आयोजना गरिने भनिएको थियो । तर, शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि मोदीले एक दिनपछि शपथ लिने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बंगलादेशका राष्ट्रपति शेख हसीना, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे, मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलगायतको उपस्थिति रहने भएको छ ।

मोदीले दोस्रो पटक सन् २०१९ मा प्रधानमन्त्री पदको शपथ ग्रहण समारोमाहमा सहभागिताका लागि बंगालको खाडी बहुक्षेत्रीय प्रविधि तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का नेतालाई निमन्त्रणा गरेका थिए । बिमस्टेक नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी ७ राष्ट्र सदस्य रहेको क्षेत्रीय संगठन हो ।

त्यसअघि सन् २०१४ मा उनले छिमेकी मुलुकसम्म पुग्ने प्रयास स्वरुप आफ्नो पहिलो शपथ ग्रहण समारोहमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसहित सबै सार्क राष्ट्रका नेतालाई आमन्त्रण गरेका थिए ।

मोदी तेस्रो पटक लोकसभा निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री प्रचण्ड, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...