Susandesh Khabar

नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दै

छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन्। । भर्खरै सम्पन्न १८ औँ लोकसभा निर्वाचनमा बहुमत ल्याएको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

कार्यवाहक प्रधानमन्त्रीका रुपमा रहेका मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिँदै छन् । आफ्नो शपथ ग्रहण समारोहमा उनले नेपालसहित छिमेकी देशका सरकार प्रमुखलाई आमन्त्रण गरिसकेका छन् ।

विभिन्न राष्ट्रका प्रमुखलाई बुधबार फोनमार्फत आमन्त्रण गर्दा शनिबारका लागि शपथ ग्रहण समारोह आयोजना गरिने भनिएको थियो । तर, शुभ मुहुर्त जुराउने क्रममा आइतबार उचित समय निस्किएपछि मोदीले एक दिनपछि शपथ लिने तयारी गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बंगलादेशका राष्ट्रपति शेख हसीना, भुटानका प्रधानमन्त्री छिरिङ तोग्बे, श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे, मोरिशसका प्रधानमन्त्री प्रविन्द जगन्नाथलगायतको उपस्थिति रहने भएको छ ।

मोदीले दोस्रो पटक सन् २०१९ मा प्रधानमन्त्री पदको शपथ ग्रहण समारोमाहमा सहभागिताका लागि बंगालको खाडी बहुक्षेत्रीय प्रविधि तथा आर्थिक सहयोग पहल (बिमस्टेक) का नेतालाई निमन्त्रणा गरेका थिए । बिमस्टेक नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी ७ राष्ट्र सदस्य रहेको क्षेत्रीय संगठन हो ।

त्यसअघि सन् २०१४ मा उनले छिमेकी मुलुकसम्म पुग्ने प्रयास स्वरुप आफ्नो पहिलो शपथ ग्रहण समारोहमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफसहित सबै सार्क राष्ट्रका नेतालाई आमन्त्रण गरेका थिए ।

मोदी तेस्रो पटक लोकसभा निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री प्रचण्ड, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...