Susandesh Khabar

झापाको बाह्रदशीमा अटोको ठक्करबाट एक  बालकको मृत्यु

झापा। जेठ ३१ ।(साझा अक्षर ) झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट फूलबारीतर्फ जाँदै गरेको मे १ ह ६२०२ नम्बरको अटोले धनकुटा घर भई हाल बाह्रदशी गाउँपालिका वडा नम्बर ६ बस्ने मामा टेकबहादुर भट्टराईको घरमा बस्दै आएका राजन कार्कीका छोरा ९ वर्षीय प्रज्वल कार्कीलाई ठक्कर दिएको थियो ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागेर तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल पठाइएकोमा बोल्न नसक्ने गम्भीर घाइते बालकलाई थप उपचारको लागि विराट मेडिकल अस्पतालको आइसियु कक्षमा राखी उपचार भइरहेकोमा आज ४।५३ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अटो र अटो चालक कनकाई नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय कुमार तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनिले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...