Susandesh Khabar

युवासंघ अर्जुनधाराको एक युवा, पाँच विरुवा’ अभियान शुरु

अर्जुनधारा असार २९ ॥ झापाको अर्जुनधारा नगरपालिकामा ‘एक युवा, पाँच विरुवा’ अभियान शुरु भएको छ ।

विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा  वृक्षारोपण शुरु भएको हो ।

अर्जुनधारा युवा संघ ८ नम्बर वडा कमिटीको आयोजनामा वृक्षारोपण गरिएको छ ।   वृक्षारोपण अभियान अन्तरगत अर्जुनधारा–८ पशुहाट परिसरमा वृक्षारोपण गरिएको छ। वातावरण सन्तुल, प्राकृतिक प्रकोप न्यूनीकरण र हरियाली कायम गराउदै चरा–चुरुङ्गि जस्ता जिवहरुको संरक्षण गर्ने मुख्य उदेश्यले वृक्षारोपण गरिएको हो। अभियानमा शिरिश, जाडुल, राजवृक्ष, अशोक र अमला लगायतका प्रजातिको एक सय भन्दाबढी बिरुवा रोपिएको युवासंघ अर्जुनधारा ८ न.वडा अध्यक्ष प्रदिप तामाङले जानकारी दिए

वृक्षारोपणका लागि अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कुमार प्रसाद उप्रेतीले बिरुवा उपलब्ध गराएको  बताए । वडा अध्यक्ष उप्रेतीले बिरुवा रोप्ने मात्र नभएर त्यसको स्याहार र संरक्षणका लागि पनि वडाले बिशेष सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छ्न।

वृक्षारोपण कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय युवा सङ्घकी स्थायी केन्द्रीय कमिटी सदस्य रोजिना पाण्डे (उमा)ले प्राकृतिक विपत्ति न्यूनीकरणका लागि वृक्षारोपण अनिवार्य भएको बताइन्। “बढ्दो जनसङ्ख्या र सहरीकरणले प्रदुषण र वन विनाश भइरहेको छ”, उन्ले भनिन “यसको न्यूनीकरणका लागि वृक्षारोपण गर्नैपर्छ, युवा सङ्घको केन्द्रीय कमिटीले देशव्यापी रुपमा यो अभियान शुरु गरिरहेको छ ।”

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला कमिटी सचिवालय सदस्य उमेश मिश्र युवा संघ  अर्जुनधारा नगर कमिटी र मातहतका कमिटीले धेरै रचनात्मक काम गर्दै गएको बताए ।

कार्यक्रममा अर्जुनधारा नगर कमिटी अध्यक्ष धिरज मोक्तान लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव घरेन्द्र डाँगीले गरेका थिए । कार्यक्रममा वडा कमिटी पदाधिकारी तथा सदस्य, नेकपा एमाले पार्टी नेताकार्यकर्ता लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...