Susandesh Khabar

बिरिङ पुलमा सवारी दुर्घटना, एक ब्यक्ति घाइते

 

बिर्तामोड असार २९॥ पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा सवारी दुर्घटनन हुँदा एक ब्यक्ति पुलमुनि खसेर घाइते भएका छन् ।

कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुल माथिबाट खोलामा खसेका थिए । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ प ३६९६ नम्बरको कारले बिपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७६९७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कनकाई– ३ स्थित नमुना टोलका ४५ का देबेन्द्र बस्नेत पुल माथिबाट खोलामा खसेर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

घाइतेको बिर्ताामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, छाती, हात र खुट्टामा चोट लागेको छ । स्कुटर इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको छ । कार र कार चालक बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ महानन्द टोल बस्ने बर्ष ४६ का सुशान्त श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...