Susandesh Khabar

डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व.राजवंशीको शालिक तयार

 

बिर्तामोड, साउन ३ ।।   झापाको बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ।

झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको हो । जुन डोमालाल राजवंशी रंगशालामा राखिनेछ । सो शालिक बिर्तामोडको ३ नं वडा कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।

उनले नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान संचालन गरिने पनि जानकारी दिए । जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको उनले बताए । स्व. डोमालालले दुर्गा मन्दिरको लागि करिव १२ विगाह जग्गा दान दिएका थिए । सोहि जग्गामा अहिले रङ्गशाला रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...