Susandesh Khabar

शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौँ ।साउन ५।।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको छ । नवनियुक्त मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यसअघिको शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको निर्देशिका खारेज गर्न माग गरेको हो ।

महासंघले उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग गरेको हो।

निवर्तमान शिक्षामन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गर्दै शिक्षकको सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याएकी थिइन् । महासंघले सुरुदेखि नै उक्त प्रावधानको विरोध गर्दै आएको थियो । तर, श्रेष्ठले शिक्षकको सरुवाका लागि विद्यालयका प्रधानाध्यापकलाई जिम्मेवारी बनाएको दाबी गर्दै आएकी थिइन् । प्रधानाध्यापक विद्यालय व्यवस्थापन समितिप्रति नै उत्तरदायी हुने उनको तर्क थियो।

महासंघले विगतमा सामुदायिक विद्यालयलाई कमजोर बनाउने उद्देश्यका साथ समुदाय र अभिभावकको जिम्मेवारी र स्वामित्वबाट विद्यालय टाढा बनाउन भएका निर्णय र निर्देशिकाहरू बदर गर्न समेत माग गरेको छ । शिक्षाको सुधारका लागि भन्दै देशभरका करिब २७ हजार विद्यालय व्यवस्थापन समितिहरूको तर्फबाट ध्यानाकर्षण गराएको छ ।

महासंघले संसदमा प्रक्रियामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई अभिभावक मैत्री, समुदायमैत्री बनाउँदै विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार र जबाफदेही बनाउने कानुनी प्रबन्ध गरी यथाशक्य संसदबाट पारित गर्नुपर्ने समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...