Susandesh Khabar

अर्जुनधाराकी १३ वर्षीय रोशनी बेपत्ता खोजीदिन आग्रह

 

अर्जुनधारा साउन ४॥अर्जुनधारा नगरपालिका–५ की १३ वर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् ।  कक्षा–७ मा अध्ययनरत रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा माया महरा दर्जीले बताइन् ।

एक पटक एक महिलासँग फोनमा कुरा हुँदा दिक्तेलमा रहेको बताएको र त्यही समयदेखि फोन सम्पर्क हुन नसकेको उनका बुबा विनोद महरा बताए । छोरी ना बालिका रहेको र विवाह गर्ने उमेरसमेत नभएकोले कसैले ललाई फकाई गरी बेपत्ता बनाएको सन्काले बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले बताए ।

प्रहरीले खोजी गरिदिउँला भने पनि अहिलेसम्म केही पत्तो नभएको महराले बताए । विनोद विगत १० वर्ष देखि दृष्टिविहीन भई घरमै बसेकोले श्रीमतीले ज्याला मजदुरी गरी घर परिवार चलाइरहेको र आफू कतै खोजी गर्न समेत जान नसक्ने भएकोले प्रहरी प्रशासन, पत्रकार एवम् सम्पूर्णमा छोरी खोजी गरिदिन महराले अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...