Susandesh Khabar

क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख ठगी गर्ने झापाका भण्डारी पक्राउ

 

काठमाडौँ साउन १५।।   क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् ।

बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भण्डारीले पीडितहरुलाई क्यानडा लाने भनेर प्रलोभनमा पारेर विभिन्न व्यक्तिका नाममा भएका बैंक खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६२५ रूपैयाँ पठाउन लगाएर ठगी गरेका छन् ।

पक्राउपछि उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...