Susandesh Khabar

मेची प्रादेशिक अस्पतालका कर्मचारी अस्पताल भित्रै मृत भेटिए

 

भद्रपुर साउन १६ ।। मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् ।

अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८ः५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेको थियो ।

सीसी टिभी फुटेज हेर्दा शर्मा गएराती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । आज बिहान सरसफाई कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए ।

त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...