Susandesh Khabar

बिर्तामोडमा पारीको होइन बारीको खाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै

 

बिर्तामोड, १६ साउन :  झापाको बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाउ भन्ने उद्देश्यका साथ सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र प्रभावकारी बन्दै गएको छ। नगरका विभिन्न स्थानमा सामुदायीक तरकारी पसल खुले सँगै यसको प्रभावकारिता बढेको हो ।सोही क्रममा आज बिर्तामोड १ स्थित अतिथि सदन रोडमा पनि बिक्री केन्द्रको उद्घाटन गरिएको छ।

अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तरकारीमा पाइने विषादी न्यूनीकरणका लागि ‘पारिको होइन बारीको खाऊँ’ कार्यक्रम सुरु गरिएको बताउनु भयो ।भारतबाट विषादी अत्याधिक भएका तरकारी आयात हुने र त्यस प्रकारका तरकारीले स्वास्थ्यमा गम्भिर असर पर्ने बताउनु भयो । स्वास्थ्यको लागि स्थानीय उत्पादनमा ध्यानदिन आग्रह गर्दै उहाँले नगरको यस अभियानलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले

तरकारी बिक्री केन्द्रलाई अझै अन्य स्थानमा पनि बढाएर लैजानु पर्ने बताउनु भयो । कार्यक्रम सुरु भएपछि उपभोक्ताको माग बढ्दै गएकोले प्रभावकारीतामा ध्यानदिनु पर्ने बताउनु भयो ।

अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालन समिति उपाध्यक्ष तिलरुपा श्रेष्ठको अध्यक्षतामा आज (बुधबार) आयोजित उद्घाटन कार्यक्रममा नगरकी आर्थिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य संगिता सिवा, कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, वडासचिब टिका अधिकारी लगायतले धारणा राख्नु भएको थियो ।

बिर्तामोड नगरपालिकामा १ सय १७ जना व्यवसायिक तरकारी उत्पादक किसान छन् । स्वास्थ्यका दृष्टिकोणले ३५ प्रतिशतसम्म विषादी भएका तरकारी खान योग्य मानेपनि नगरपालिकाले सुरु गरेको सामुदायिक तरकारी केन्द्रमा १५ प्रतिशत भन्दा बढी बिषादी भएका तरकारी विक्री वितरण नगरीने दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...