Susandesh Khabar

पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा

 

बिर्तामोड, १७ साउन : बिर्तामोड नगरपालिकाले सुरु गरेको ‘पारिको होइन बारीको खाउँ’ कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका छन् ।

आज (बिहिबार ) वडा नम्बर ३ स्थित बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै ६ वटा तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका हुन् । कार्यक्रम अन्तर्गत अब ४ वटा संकलन तथा बिक्री केन्द्र औपचारिकरुपमा सञ्चालनमा आउन बाँकी छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई विषादीमुक्त नगरकोरुपमा अघि बढाउन सबैलाई आग्रह गर्नु भयो । उहाँले राम्रो र अर्गानिक तरकारी उत्पादन गर्ने कृषकलाई नगरबाट पुरस्कृत गर्ने गरि कार्य अघि बढाईने बताउनु भयो ।

यस्तै वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण महत्वपुर्ण रहेको र यसलाई कुनैपनि अवस्थामा रोकिन दिन नहुने बताउनु भयो । उहाँले बिर्तामोड माछामा आत्मनिर्भर रहेको भन्दै अन्य कृषिजन्य वस्तुको स्थानीय उत्पादनमा जोड दिनुभयो । कार्यक्रममा आर्थिक विकास समिति संयोजक संगिता शिवा, कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले धारणा राख्नु भएको थियो ।

बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बाँस्कोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर कार्यपालिका सदस्य सिता ढुंगाना लगायत विभिन्न वडाका जनप्रतिनिधि, किसान तथा उभोक्ताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...