Susandesh Khabar

वीरता जेसिजद्वारा विद्यालयका सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान

 

बिर्तामोड साउन १९ ।। वीरता जेसीजले बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक संस्थागत तथा मन्टेश्वरीमा कार्यरत सवारी चालक तथा परिचालकलाई प्रशिक्षण प्रदान  गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको प्राविधिक सहयोग तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सले प्रायोजन गरेको कार्यक्रममा बिर्तामोड नगर प्याव्सनले संयोजन गरेको थियो । बिर्तामोड नगरपालिका शिक्षा शाखाले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यालयका सवारी चालक तथा परिचालक गरी तीन सय भन्दा धेरैको सहभागीता रहेको थियो ।

वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

वीरता जेसीजका कोषाध्यक्ष टिकाराम खतिवडाले संयोजन गरेको कार्यक्रममा स्वागत गर्दै कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

संस्थाका कार्यकारीणी उपाध्यक्ष अमरजीत साहले आस्था बाचन गरेको कार्यक्रममा जेसीजको मिसन भिजन जुनियर जेसीजका कानूनी सल्लाहकार निश्मा थाम्सुहाङ्ग प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारी, प्याव्सनका बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष भीम कुँवर, चेम्वर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, हिमालयन एभरेष्ट इन्स्योरेन्सका बिर्तामोड शाखा प्रमुख सुशील थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव सुमन पोद्दारले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यकारीणी उपाध्यक्ष एलसी श्रेष्ठले गरेका थिए । कार्यक्रममा चालक तथा सहचालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक पूर्ण गौतमले प्रशिक्षण प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...