Susandesh Khabar

झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

 

बिर्तामोड साउन २३ ।। झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो ।

बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो ।

त्यस्तै, नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको मोबाइल टोलीले मेचीनगर–६ बसपार्क इलाकामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब रू २ लाख ५० हजार लत्ताकपडा बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार बुझाउने प्रक्रियामा रहेको सूचना अधिधकारी पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...