Susandesh Khabar

साँढे गोरुले टेक्दा घाइते भएकी महिलाको मृत्यु

 

रूपन्देहीमा जुधिरहेका गोरुको  टेकेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । साउन २० को साँझ साढे ७ बजेतिर पैदल यात्रा गरिरहेकी गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेलाई एकापसमा जुधिरहेका गोरुले कुल्चिएर घाइते बनाएका थिए ।

घाइते उनको उपचारका क्रममा २४ साउनमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चिया पसलको व्यवसाय गरिरहेकी उनी पैदल हिंड्दै गर्दा गोरु जुधेकै स्थानमा पुगेकी थिइन् । उनलाई ती गोरुले एक्कासी कुल्चेर पल्टाइदिएका थिए ।

सीताका छोरा विदेशबाट आएपछि उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको पण्डितले बताए । बुटवललगायत आसपासका क्षेत्रमा सडकमा छाडा चौपायाले पैदलयात्री तथा सवारीसाधनमा हिँड्ने मानिसलाई समस्या दिँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...