Susandesh Khabar

उदयपुरमा आमाछोराको हत्या, घटनाको अनुसन्धान गर्दै प्रहरी

 

उदयपुर भाद्र २० ।। उदयपुरको कटारी नगरपालिका- १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ। 

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो’, वडाध्यक्ष खड्काले भने ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए। 

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर/पहाडी भेगमा पर्दछ।  वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए। उनले भने, ‘तीनसय मिटर पर मूल घर थियो गएराति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ।’

घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यापालिका सदस्य गिताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको जानकारी दिए।

स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मूल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताए। ‘साना साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे’, राउतले भने, ‘बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ।’

बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछि स्थानीयवासी शोकमा डुबेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...