Susandesh Khabar

भन्सार छलेर नेपाल भित्राइएको १० लाख मुल्य बराबरको कपडा बरामद

 

मेचीनगर । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चोक दक्षिण पिपल चोकबाट उक्त मूल्यबराबरको कपडा बरामद गरेको हो ।

भारतबाट विभिन्न ब्रान्डको लत्ताकपडा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले बताए ।

बरामद गरिएको सामानमा कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेस्ट २०० थान कुर्ताको कपडा १६ थान (३२० मिटर), ब्लाउजको सादा कपडा २० थान (४०० मिटर) र ब्लाउजको कपडा १८ थान (२१६ मिटर) रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...