Susandesh Khabar

डेंगू संक्रमणबाट झापामा एक बालकको मृत्यु

 

बिर्तामोड ।। डेंगू रोगको संक्रमणबाट झापामा एक बालकको मृत्यु भएको छ । न्यूटन एजुकेशन एकेडेमीमा कक्षा १ मा अध्ययनरत विद्यार्थी आलोकजंघ बस्नेतको मृत्यु भएको हो ।

नोवेल शिक्षण अस्पताल बिराटनगरमा उपचाररत बिद्यार्थीको उपचारकै क्रममा निधन भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले जानकारी दिए । उनको आठ वर्षको उमेरमै निधन भएको हो।

विद्यार्थीको निधनसंगै आइतवार विद्यालय बन्द रहने भएको छ । विद्यलयकी संस्थापक अध्यक्ष धर्मा पराजुली प्रसाई र प्रिन्सिपल हुमागाईले विद्यार्थीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवार स्तव्ध र मर्माहत बनेको बताएका छन् ।
समवेदना पत्रमा पीडाको क्षणमा रहने हाम्रा अभिभावक नेत्र प्रसाद– लक्ष्मी वस्नेत, दिदी अल्का बस्नेत सहित समस्त वस्नेत परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिवंगत आत्माको चीर शान्तिको कामना समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...