Susandesh Khabar

सप्तर्षिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

 

झापा ।। आज भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार आज ऋषिपञ्चमी पर्व मनाउँदैछन्।

सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।

यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।

सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ। ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्रा ।डा । देवमणि भट्टराईले जानकारी दिए।

ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ।

पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती, नखनी फलेका कन्दमूल खानुपर्ने बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...