Susandesh Khabar

मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा ढकाल

 

बिर्तामोड, २४ भदौ : मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ ।
आज (सोमबार) बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ।

नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ,
महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह-सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री
र सह-कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहनु भएको छ ।

ढुवानी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष माधव प्रसाद नेपालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको कार्यकाल ३ वर्षको रहने सचिव पदम श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वसम्मत नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएर निर्वाचन समितिका अधिकृत रुद्र प्रसाद भुर्तेलले प्रमाणपत्र प्रदान गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...