Susandesh Khabar

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

 

पौवा सारताप ।। पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकमा नगदेबाली अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य खेति  छाडेर यहाँका अधिकांश किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका छन् ।

फाल्गुनन्द गाउँपालिकाका सातवटै वडा नवमीडाँडा , ईम्बुङ, पौवासारताप, चिलिङदिन   फाक्तेप,आङसराङमा व्यावसायिक खुर्सानी खेती भइरहेको छ।  यहाँ उत्पादित अकबरे खुर्सानी स्थानीय बजार घुर्बीसे पञ्चमी, राके र फिदिम लगायतका  स्थानीय  बजारहरूमा बिक्री हुने गर्दछन्

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । पालिकामा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा मात्र खपत हुँदैन । यसको माग भारतीय बजार देखि झापा बिर्तामोड र काठमाडौँसम्म पनि उत्तिकै छ ।

अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका फाल्गुनन्द गाउँपालिका ३ का कृषक  माधव आचार्यले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब ५ रोपनी क्षेत्रफलमा व्यावसायिक खेति गर्दै आइरहेको छु ।”

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्न थालेका फाल्गुनन्द चार चिलिङदेनका कृषक भन्छन  “वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, वैदेशिक रोजगारीबाट फर्किएर खुर्सानी खेती गरिरहेका उनले भने   रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ ।

यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरु पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय हेमन्त कटेलको भनाइ छ ।  उहाँले भन्नुभयो पहिला अन्य खेती गर्दा खाना मात्रै पुग्ने र अहिले व्यावसायिक अकबरे खेती सुरु गरेपछि यसबाट  मनग्गे आम्दानी भएको बताउनुभयो ।

जुनसुकै खेतीको लागि पनि सिँचाइ अनिवार्य हुन्छ। सिँचाइका लागि पानीको सुविधा नहुँदा धेरै बिरुवाहरू मरेको किसानहरूले दुखेसो गरेका छन्।  उचित समयमा उचित सिँचाइ गर्न सके अझै राम्रो उत्पादन लिन सकिने  किसानहरूको भनाइ छ। फाल्गुनन्द गाउँपालिकाबाट अझै राम्रो अकबरे खुर्सानी उत्पादन गर्नका लागि गाउँपालिकाले पनि सहयोग गर्नुपर्ने किसानहरूले माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...