Susandesh Khabar

इलाम पाँचथर र ताप्लेजुङमा विद्युत अवरुद्ध सुचारु हुन केही दिन लाग्ने

 

पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्।

असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ।

ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए।

ताप्लेजुङ जिल्लामा भने विद्युतबाट सञ्चालित सबै सेवाहरू बन्द भएका छन्। जिल्लाका करिब डेढ दर्जन बैंकहरू बन्द छन् । नेपाल बैंकको शाखामा भने सोलार सिस्टमले केही काम गरेको हुँदा ढिलो भए पनि सिस्टम चलिरहेको शाखा प्रमुख वसुन्धरा आचार्यले बताइन्। जिल्लाका रेडियो स्टेसनहरू पनि बन्द भएका छन्। ‘रेडियो ताप्लेजुङ’का लेखापाल मदन गौतमले सोलार सिस्टमले पनि काम नगरेपछि प्रसारण बन्द गर्न बाध्य भएको बताए।

जिल्लाका सबै स्थानीय तहको काम पनि प्रभावित भएका छन्। जिल्लाका ६१ वडाहरूमा विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ। त्यसैगरी मालपोत कार्यालय ताप्लेजुङमा बिजुली नहुँदा सबै सेवा बन्द भएको कार्यालयका प्रमुख निर्मल शेर्पाले बताए। इन्टरनेटलगायतका सबै सिस्टम नचल्दा कार्यालय सञ्चालनमा समस्या आएको प्रमुख शेर्पाले बताए।

पाँचथर तथा इलाम पनि प्रभावित बनेका छन्। पाँचथरको कार्यालय तथा उद्योग धन्दाहरू बन्द भएको छ । विद्युत् आपूर्ति पुनः सुरु हुन अझै तीन दिन लाग्न सक्ने ताप्लेजुङ विद्युत् प्रसारणलाइनका प्रमुख चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...