Susandesh Khabar

मोटरसाइकल दुर्घटनामा घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

 

बिर्तामोड असोज १४ ।।   झापाको बिर्तामोड १० ठुटेबरमा मोटरसाइकल दुर्घटनामा, परी गम्भीर घाइते भएका मोटरसाइकल चालक  अनिस न्यौपानेको मृत्यु भएको छ !

गएराति करिब ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २७ वर्षीय  न्यौपानेको गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार, मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।  टाउको र दुबै खुट्टामा चोट लागेका न्यौपानेलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल भर्ना गरिएको थियो।  उपचारकै क्रममा आज दिउँसो २ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार, बिर्तामोड–१० का ३८ वर्षीय टिकाराम राय पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनको पनि  बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...