Susandesh Khabar

नागरिकता विधेयक फेरि संसदमा ल्याउनु पर्छ : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि जसरी पनि संसदमा ल्याएर छलफल गराउनुपर्ने माग गरेका छन् । उनले आज (सोमबार) प्रधानमन्त्री दाहालको स्पष्टिकरणपछि यस्तो माग गरेका हुन् । ‘यो विधेयक जसरी पनि ल्याउनुपर्छ’, अध्यक्ष ओलीले भने । उनले थप प्रश्न गरे, ‘पहिलो अधिवेशनमा यो विधेयक किन दर्ता गर्नु भएन, किन गर्नुभएन त पहिलो अधिवेशनमा ।’

सरकारले विधेयक ल्याउने कुरामा सरकारले बलजफ्ती गरेको उनले आरोप लगाए । अध्यक्ष ओलीले प्रतिपक्षले ‘हामी यो विधेयकमा छलफल गर्छौ भन्दा भन्दै किन संसद्मा नल्याएको’ भन्दै प्रश्न राखेका थिए ।

‘हामी प्रतिपक्षले भनिरहेका छौं । लोकतान्त्रिक प्रणाली र मूल्य मान्यता अनुसार अगाडि जाउँ भनिरहेका छौं । सहयोग गर्छौ छलफल गर्छौ, छलफलमा भाग लिन्छौ भन्दा कस्तो सत्तापक्ष ? यो तरिकामा त्यति नजाउ भन्ने मेरो आग्रह छ । यो अहिले कोर्टमा छ यसमा म धेरै जान चाहन्न । के कसो यस्तो उस्तो भनिरहन चाहन्छ । तबसम्माई हाम्रा बिषयहरु यो बिषय स्थगित छ ।’

अध्यक्ष ओलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले बुँदासहित फिर्ता पठाएको विधेयकमा कुनै पनि छलफल नगरी त्यत्तिकै राष्ट्रपति कार्यालयमा फिर्ता पठाइएको भन्दै आक्रोश व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...