Susandesh Khabar

श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

श्रम गरेर खाने वर्गले भोगेका समस्या उजागर गर्दै राजधानीमा सामूहिक सत्याग्रह थालिएको छ । स्वदेशमै श्रम गरेर खान पाउने वातावरण बनाउनुपर्ने मागसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रमिकहरुले सातौं दिन आज पनि भोक हड्ताललाई निरन्तरता दिएका छन् ।

सरकारलाई दबाब दिनका लागि राष्ट्रिय संयुक्त संघर्ष समिति गठन गरेर गत वैशाख २४ गतेदेखि कलँकीको रुद्रबजारमा शुरु गरिएको सत्याग्रहको नेतृत्व गुल्मीका पूर्वसांसद एवं नेकपा माओवादीको युवा संगठन वाईसियलका पूर्वउपत्यका ईञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ ले गरेका छन् ।

हड्तालमा बिन्दु थापा केसी,द्रोण सुवेदी, सुवास श्रेष्ठ,हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोखरेल, शेरबहादुर साउद र पार्वती पुलामी छन् । ‘स्वेदशमै काम गरेर खान दे,उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारासहित आन्दोलनरत उनीहरुले माग सम्बोधन नभएसम्म भोक हड्ताल जारी राख्ने बताएका छन् ।

उनीहरुले स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने, बढ्दो मँहगी नियन्त्रण हुनुपर्ने, विगतमा बन्द गरिएको सम्पूर्ण उद्योग तथा कलकारखानाहरु अविलम्ब सञ्चालन गर्नुपर्ने, स्थानीय तहमा नयाँ उद्योग, रोजगार एवं सीपमूलक कृषि उद्यमहरु स्थापना गर्नुपर्ने, राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली नागरिकले मुलुकभित्र गरेको कुनै पनि क्षेत्रको लगानीलाई राष्ट्रिय पूँजीको रुपमा घोषणा गर्नुपर्ने, कर्जाको ब्याजदर अधिकत्तम सात प्रतिशत हुनुपर्ने, वित्तिय संस्था तथा सार्वजनिक खरिदमार्फत कालोसूची वा लिलामीमा गएकालाई तत्कालै बन्द गरी न्यूनतम दुई वर्षको अवधि थप गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, योजना सम्पन्न निर्माणको तुरुन्त भुक्तानी गर्नुपर्ने, नेपाललाई सनातन धार्मिक राष्ट्र घोषणा गर्नुपर्ने, एम्बुलेन्स, तीर्थयात्री, पर्यटकीय सवारी, दिल्ली–काठमाडौं बस सेवाबाहेक सबै प्रकारका भारतीय मालवाहक सवारी पूर्ण रुपमा बन्द हुनुपर्ने, पानी ट्याकंर तथा व्यवसायीलाई उचित विकल्पको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै प्राविधिक र व्यवहारिक शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेलगायतका माग पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...