Susandesh Khabar

भारतकाे सिलीगुडीमा रेल दुर्घटना आठ जनाको मृतु उद्वारकार्य जारी

 

सिलीगुडी । नेपालको पूर्वी नाका नजिकै रहेको  पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा आठ जनाको मृत्यु भएको छ । कोलकातास्थित सिल्दाह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस अर्काे मालबाहक रेलसँग ठक्कर खाएको हो ।

घटनामा एकजना लाेकाे पाइलटसहित आठ जनाकाे मृत्यु भएकाे छ । अरु ३० जना घाइतेहरुकाे उपचार भइरहेकाे छ । उद्दार कार्य जारी रहेकाे हुनाले मृतक र घाइतेहरुकाे संख्या बढ्न सक्ने जनाइएकाे छ ।

बिहान अन्दाजी ९ बजे भएको दुर्घटनामा कति यात्रु र चालकदलका सदस्यको मृत्यु भएको छ भन्ने बारेमा हालसम्म पुष्टी हुन सकेको छैन । अहिले भारतीय रेलसेवाका कर्मचारी, सुरक्षा अधिकारी र स्थानीयवासी उदारमा लागेको भारतीय अधिकारीले बताएका छन् ।

घटनास्थल पश्चिम बंगालको न्यु जलपाइगुडी रेल स्टेशनबाट १० किलोमिटरको दुरीमा पर्छ । मालबाहक रेलले पछाडिबाट कञ्चनजंघा एक्सप्रेसलाई ठक्कर दिएको उद्दारमा संलग्न अधिकारीले बताएका छन् । दुर्घटना स्थलमा धेरै मानिस च्यापिएको अवस्थामा रहेको हुनाले अहिले नै घाइते र मृतकको यकिन बिवरण प्राप्त भइसकेको छैन ।

कञ्चनजंघा एक्सप्रेसको डब्बा जमिनको २५ फुट माथि उठेको अवस्थामा देखिएको छ । मालबाहक रेलको एक र यात्रुबाहक रेलको चारवटा डब्बामा पुर्ण रुपमा क्षति पुगेको घटनास्थलमा रहेका भारतीय पत्रकारहरुले जनाएका छन् ।

घटनास्थलबाट हालसम्म दुईवटा शव निकालिएको छ । तर उनीहरुको परिचय भने खुलेको छैन । एउटा शव मालबाहक रेलका चालकको हुनसक्ने अनुमान उनीहरुको छ । आज दिनभरीमा उद्दारकार्य सम्पन्न गरिसक्ने अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म उद्दार भएका घाइतेहरुको नर्थ बंगाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...