Susandesh Khabar

भारतकाे सिलीगुडीमा रेल दुर्घटना आठ जनाको मृतु उद्वारकार्य जारी

 

सिलीगुडी । नेपालको पूर्वी नाका नजिकै रहेको  पश्चिम बंगालको न्यू जलपाईगुडी छेउमा सोमबार बिहान यात्रुवाहक रेल मालवाहक रेलसँग ठक्कर खाँदा आठ जनाको मृत्यु भएको छ । कोलकातास्थित सिल्दाह जाँदै गरेको कञ्चनजंघा एक्सप्रेस अर्काे मालबाहक रेलसँग ठक्कर खाएको हो ।

घटनामा एकजना लाेकाे पाइलटसहित आठ जनाकाे मृत्यु भएकाे छ । अरु ३० जना घाइतेहरुकाे उपचार भइरहेकाे छ । उद्दार कार्य जारी रहेकाे हुनाले मृतक र घाइतेहरुकाे संख्या बढ्न सक्ने जनाइएकाे छ ।

बिहान अन्दाजी ९ बजे भएको दुर्घटनामा कति यात्रु र चालकदलका सदस्यको मृत्यु भएको छ भन्ने बारेमा हालसम्म पुष्टी हुन सकेको छैन । अहिले भारतीय रेलसेवाका कर्मचारी, सुरक्षा अधिकारी र स्थानीयवासी उदारमा लागेको भारतीय अधिकारीले बताएका छन् ।

घटनास्थल पश्चिम बंगालको न्यु जलपाइगुडी रेल स्टेशनबाट १० किलोमिटरको दुरीमा पर्छ । मालबाहक रेलले पछाडिबाट कञ्चनजंघा एक्सप्रेसलाई ठक्कर दिएको उद्दारमा संलग्न अधिकारीले बताएका छन् । दुर्घटना स्थलमा धेरै मानिस च्यापिएको अवस्थामा रहेको हुनाले अहिले नै घाइते र मृतकको यकिन बिवरण प्राप्त भइसकेको छैन ।

कञ्चनजंघा एक्सप्रेसको डब्बा जमिनको २५ फुट माथि उठेको अवस्थामा देखिएको छ । मालबाहक रेलको एक र यात्रुबाहक रेलको चारवटा डब्बामा पुर्ण रुपमा क्षति पुगेको घटनास्थलमा रहेका भारतीय पत्रकारहरुले जनाएका छन् ।

घटनास्थलबाट हालसम्म दुईवटा शव निकालिएको छ । तर उनीहरुको परिचय भने खुलेको छैन । एउटा शव मालबाहक रेलका चालकको हुनसक्ने अनुमान उनीहरुको छ । आज दिनभरीमा उद्दारकार्य सम्पन्न गरिसक्ने अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म उद्दार भएका घाइतेहरुको नर्थ बंगाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...