Susandesh Khabar

चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न

 

बिर्तामोड असार ११॥ चलचित्र  पत्रकार संघ नेपाल झापा शाखाको आयोजना  नेपाल चलचित्रकर्मी  संघको प्रबर्दन र बिर्तामोड नगरपालिकाको आर्थीक सहयोगमा एक दिने चलचित्र पत्रकारिता सम्बन्धी तालिम सम्पन्न भएको छ।

कार्यक्रम झापा अध्यक्ष रमेश तिवारीको अध्यक्षता र बिर्तामोड नगरपालिकाकी प्रमुख पबित्रा  महतरा प्रसाईको, प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

चलचित्र पत्रकारिता  सम्बन्धी झापाका पत्रकारहरुलाई जानकारी दिने उदेश्यले आयोजना गरिएको तालिमको चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष समिर बलामी र चलचित्र पत्रकार शान्ति प्रियाले सहजिकरण गरेका  थिए। तालिमामा झापाका बिभिन्न संचार माद्यममा कामगर्ने ४० भन्दाबडी पत्रकारहरुको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन समारोहमा बोल्दै  अध्यक्ष बलामीले इन्टरनेटको प्रयोग बढेसँगै पत्रकारितामा चुनौती थपिएको र पछिल्लो समय सामाजिक सञ्जाल पत्रकारिताको लागि चुनौती बन्दै गएको बताउँदै उनले पत्रकारिता गर्न प्रबिधिमा दक्षसँगै नयाँपन हुन आवश्यक रहेको बताएका छन् । अध्यक्ष बलामीले चलचित्र पत्रकारिताको पहिले र अहिलेको अवस्थाका बारेमा जानकारी दिदै हाल अधिकांश मिडियाहरुले बिज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने गरेको बताए ।  तेस्तै बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियले   नेपाली चलचित्र  पत्रकारिताको इतिहास र ५० को दसकमा चलचित्र र पत्रकारितामा प्रबिधीले ल्याएको परिवर्तन को  बिषयमा प्रशिक्षण दिएका थिए।

उद्घाटन कार्यक्रममा  नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई, पत्रकार सुव्रत न्यौपाने, चलचित्रकर्मी संघका केन्द्रिय सदस्य मिजास पोखरेल, नेपाल चलचित्रकर्मी संघका कोशी प्रदेश अध्यक्ष केवल तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।  संघकी झापा सदस्य सुनिता तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा सह–सचिव सुरज प्रधानले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...