Susandesh Khabar

इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनलमा

झापा असार १४ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई हराउँदै भारत आइसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १६ ।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले १९ बलमा २५ तथा कप्तान जस बटलरले १५ बलमा २३ रन बनाए। जोफ्रा आर्चरले १५ बलमा २१ तथा लियम लिविगंस्टनले १६ बलमा ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदिप यादवले समान तीन तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले। सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए। तेस्रो विकेटका लागि शर्मा र यादवले ५० बलमा ७३ रनको साझेदारी गरे।

हार्दिक पान्ड्याले १३ बलमा २३ तथा रविन्द्र जडेजाले ९ बलमा अविजित १७ रन बनाए।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले तीन तथा जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक एक विकेट लिए।

जितसँगै अपराजित रुपमा भारत तेस्रो पटक फाइनल पुगेको छ। भारत अब उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...