Susandesh Khabar

‘रोङ गट ट्यालेन्ट’ को फाइनल आगामी शनिबार हुने, छानिए १५ फाइनलिस्ट

 

 

ईलाम  असार १८।। ईलामोको रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम ‘रोङ गट ट्यालेन्ट’मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् ।

फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका छन् ।

नृत्य विधामा निरुता राई , प्रज्ञा भुजेल , आरध्य अर्याल, सोनु लावती र सरस्वती मुखिया फाइनलमा प्रवेश गरेको समितिले जनाएको छ ।

‘रोङ गट ट्यालेन्ट’ को फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए । फाइनल रोङ-३ स्थित पाम्कोल सहकारी भवनमा आयोजना गरिने उनले बताए । प्रत्येक विधामा विजेताले नगद पुरस्कारसहित विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्ने उनले बताए । ‘यस वर्षको प्रतिस्पर्धामा रोङगाउँपालिकाका विभिन्न प्रतिभावान कलाकारहरूले भाग लिएका छन्। फाइनलमा ५ जना उत्कृष्ट प्रतिभाको तीनवटा विधा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ,’ अध्यक्ष स्याङ्बोले भने ।

आयोजक समितिले फाइनल प्रतिस्पर्धामा उपस्थित भएर कलाकारको हौसला बढाउन सबैलाई आह्वान गरेको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण पनि विभिन्न टेलिभिजन च्यानल र अनलाइन प्लेटफर्महरूबाट गरिने आयोजकले जनाएको छ ।

रोङ प्रतिभा खोजीले गाउँमा लुकेर रहेको धेरै प्रतिभाको पहिचान गरी उजागर गर्न सफल भएको गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । ‘सम्पूर्ण प्रतियोगी कलाकारलाई उच्च मनोबलका साथ निरन्तर मिहिनेत गर्न आग्रह गर्दै आगामी दिनमा पनि यो कार्यक्रम लाई  निरन्तरता दिने उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...