Susandesh Khabar

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे ।

जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाले दोस्रो गोलका ५१औं मिनेटमा गरेको थियो। एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए ।

अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...