Susandesh Khabar

ताप्लेजुङमा घर भत्किदा ६ जना घाइते

 

ताप्लेजुङ असार २६॥ ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका २ हम्पुखोलामा खाजा खान घरभित्र बसेका बेला घर भत्किदा ६ जना खेताला घाइते भएका छन् ।  प्रेमवहादुर राईको दुई तले माटो तथा टिनको छाना भएको घर भत्किएको हो ।

जग्गामा सुमनले असारको धान रोपाईंका लागि खेताला बोलाएर काम गरिरहेका थिए । खेतमा मंगलबार काम गर्दै गर्दा खाना खान भनि घर भित्र पसेका बेला घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डिसपी रवि रावलले बताए । प्रेमबहार राई भने सो जग्गा सुमनलाई बन्दगीमा दिएर बेलायत बस्दै आएको बताइएको छ।

डिएसपी रावलका अनुसार सिरिजंघा गाउँपालिका २ निवासी ४३ वर्षीया खड्गबहादुर बानीयाँ, सोही स्थान बस्ने ३८ वर्षीया जानुका बानियाँ, सोही स्थान बस्ने ३० वर्षीया सुविना बानीया घाइते भएका हुन् । उनीहरु कसैको शरिरको विभिन्न भागमा चोट देखिएको छ भने कसैको हात भाँच्चिएको छ  । त्यस्तै सिरिजंघा गाउँपालिका २ कै ५३ वर्षकी तीलमाया विक,बालक १० वर्षका रोहित विक घाइते भएको प्रहरी प्रमुख रावलले बताए ।

घाइते सबैलाई  उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको र उनीहरुको उपचार जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...