Skip to main content

Susandesh Khabar

ताप्लेजुङमा घर भत्किदा ६ जना घाइते

 

ताप्लेजुङ असार २६॥ ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका २ हम्पुखोलामा खाजा खान घरभित्र बसेका बेला घर भत्किदा ६ जना खेताला घाइते भएका छन् ।  प्रेमवहादुर राईको दुई तले माटो तथा टिनको छाना भएको घर भत्किएको हो ।

जग्गामा सुमनले असारको धान रोपाईंका लागि खेताला बोलाएर काम गरिरहेका थिए । खेतमा मंगलबार काम गर्दै गर्दा खाना खान भनि घर भित्र पसेका बेला घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख डिसपी रवि रावलले बताए । प्रेमबहार राई भने सो जग्गा सुमनलाई बन्दगीमा दिएर बेलायत बस्दै आएको बताइएको छ।

डिएसपी रावलका अनुसार सिरिजंघा गाउँपालिका २ निवासी ४३ वर्षीया खड्गबहादुर बानीयाँ, सोही स्थान बस्ने ३८ वर्षीया जानुका बानियाँ, सोही स्थान बस्ने ३० वर्षीया सुविना बानीया घाइते भएका हुन् । उनीहरु कसैको शरिरको विभिन्न भागमा चोट देखिएको छ भने कसैको हात भाँच्चिएको छ  । त्यस्तै सिरिजंघा गाउँपालिका २ कै ५३ वर्षकी तीलमाया विक,बालक १० वर्षका रोहित विक घाइते भएको प्रहरी प्रमुख रावलले बताए ।

घाइते सबैलाई  उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको र उनीहरुको उपचार जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

सेभेन्थ डे एड्भेन्टिस्ट चर्च : बाइबलको शिक्षाअनुसार जीवन जिउन प्रेरित गर्ने समुदाय

– सन्दीप तामाङ सेभेन्थ डे एड्भेन्टिस्ट चर्च संसारभर फैलिएको एउटा ख्रीष्टियन सम्प्रदाय हो, जसले बाइबलको शिक्षालाई जीवनको मुख्य आधा...
९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...