Susandesh Khabar

कचनकवल -५ का वडाध्यक्ष र छिमेकी बीच कुटाकुट पाँचजना घाइते

 

बिर्तामोड असार २६ ॥गाउँमा विवाद मिलाउने क्रममा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष नुर आलम र छिमेकी रैमु मियाको परिवारबीच कुटाकुट भएको छ ।

दुई परिवारबीचको कुटाकुटमा कचनकवल गाउँपालिका-५ का वडाध्यक्ष आलम र उनकी श्रीमतीसहित पाँचजना घाइते भएका छन् ।

कचनकवल-५ पाठामारीस्थित नयाँहाट बस्तीमा वडाध्यक्ष आलमको घरनजिक बस्ने रैमु मिया, उनकी श्रीमती सैरा खातुन, कान्छा छोरा सैरु मिया, छोरीहरु रुक्सना खातुन, सन्जना खातुन र बेल्केसा खातुनले नेपाल प्रहरीमा भएका जेठा छोरा सेर आलम मियाकी श्रीमती मिराजनी निशालाई बिगत ७-८ बर्षदेखि घरेलु हिंसा गर्दै आएका थिए

हिजो पनि कुटपिट गरेको भन्दै राति १० बजे मिराजनी निशाले वडाध्यक्ष आलमलाई घरमा लिन आई झगडा मिलाइदिन आग्रह गरेकी थिइन् । वडाध्यक्ष आलम सम्झाउन जाँदा रहिमु मियाका कान्छा छोराले गाली गलौज गरी हातपात गर्न खोज्दा आलमका परिवार र मियाको परिवारबीच कुटाकुट भएको हो ।

कुटपिटबाट वडाध्यक्ष आलम र उनकी श्रीमती रुपसना बेगम घाइते भएका छन् भने अर्को पक्षका रहिमु मियाकी श्रीमती सैरा खातुन, छोरीहरु रुक्सा र सन्जना खातुन घाइते भएका छन् । टाउकोमा चोट लागेका घाइते वडाध्यक्ष र उनकी श्रीमतीको भद्रपुरस्थित ओम साई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै अर्को पक्षका रहिमु मियाका छोरीहरु रुक्सा र सन्जनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...