Susandesh Khabar

वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम सम्पन्न

 

बिर्तामोड,असार २८॥वित्तिय साक्षरता सम्वन्धि एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएको छ।

गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले तालिमको आयोजना गरेको थियो । महिलाहरुलाई आत्मनिर्भर, सशक्तिकरण र उद्यमशिलतासंग जोडेर तालिमको आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताउनुभयो ।

सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशिलताको विषयमा महत्वपुर्ण जानकारी प्राप्त गरेको धारणा व्यक्त गरेका छन् ।

विजय तिम्सिनाले सहजीकरण गर्नु भएको तालिममा बिर्तामोडका ८ वटा लघु उद्यमी समूहबाट २५ जना महिलाहरुले सहभागीता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले तालिम उद्घाटन गर्नु भएको थियो ।

नगरपालिकाले बिहिबार इटहरीका विभिन्न लघुउद्यमीहरुले सञ्चालन गरेका ५ वटा फर्महरुमा अवलोकन भ्रमणसमेत गराएको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनुभयो ।

 

स्थानीय श्रोत साधनको प्रयोग गरी शिप सिकौं, उद्यमी बनौं भन्ने मुख्यनाराका साथ उद्यमविकास शाखाले यस आर्थिक वर्षमा सिलाई कटाई, व्युटिपार्लर, ढाका बुनाई, झोला बनाउने, गुडिया बनाउने, बाख्रापालन लगायतका दर्जनौ तालिम प्रदान गर्नुकासाथै प्रविधिसमेत हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...