Susandesh Khabar

लघु उद्यम विकासका लागि बिर्तामोड नगरपालिकाद्वारा सिलाई मेसिन वितरण

 

बिर्तामोड, असार ३०॥ झापाको बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ ।

नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै ८ जना उद्यमशिल महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई ईलेक्ट्रोनिक मेसिन वितरण गरिएको हो ।

इलेक्ट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड २ को लालीगुराँस लघुउद्यमी समूह र सृजनशिल लघुउद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का ५ जना, ४ का १ जना, १ को १ जना र ३ को १ जना महिला रहेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले स्वरोजगार बन्नका लागि नगरले प्रदान गरेको मेसिन सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले यसअघि बाँढिएका विभिन्न प्रकारका प्रविधिको उपयोग भइरहेको छ कि छैन भन्नेकुराको अनुगमन गर्ने पनि बताउनु भयो । नगर प्रमुख प्रसाईले उद्योग स्थापना गर्न नसक्नेलेपनि सिपलाई रोजगारसंग, रोजगारीलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडेर जिविकोपार्जन सकिने बताउनुभयो ।

नगरपालिकाले लघुउद्यमी बन्नका लागि सिपमुलक तालिम प्रदान गरेर प्रविधि हस्तान्तरण गर्दै आएको छ ।

आर्थिक विकास समिति संयोजक संगिता शिवाको अध्यक्षतामा आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...