Susandesh Khabar

एसिसी महिला एसिया कप क्रिकेट, नेपाल ९ विकेटले पराजित

 

एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपाल पराजित भएको छ।

आइतबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको सानदार जित हात पारेको हो।  नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानकी ‌‌ओपनर गुल फिरोजाले नेपालकी कविता जोशीको बलमा आउट हुनुअघि ३५ बलमा १० चौकाको मद्दतमा ५७ रन जोडिन्। अर्की ओपनर मुनिबा अलीले नटआउट ४६ रन बनाइन्।

त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो।

खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा कप्तान इन्दू बर्मा डकआउट भइन्। कविता र इन्दूलाई सादिया एकबालले आउट गरेकी थिइन्।

अनुभवी रुबिना क्षेत्री पनि ८ रनमा आउट भएपछि नेपालमाथि दबाब थपिएको थियो। ओपनिङ ब्याटर सीता रानामगर २६ रनमा बनाएर आउट भइन्। रुबिना र सीता दुवै रनआउटको सिकार बनेका थिए।

त्यसपछि छैटौं विकेटका लागि कविता जोशी र पूजा महतोले ३४ रनको साझेदारी गरेपछि नेपाललाई राहत भएको थियो। अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि पूजाले ३२ बलमा ३ चौका प्रहार गर्दै २५ रन बनाइन्।

कविताले नटआउट ३१ रन जोडिन्। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी थिइन्।

बलिङमा पाकिस्तानकी सादिया एकबालले २ विकेट लिइन्।

नेपालले पहिलो खेलमा शुक्रबार युएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जित निकालेको थियो। अब नेपालले मंगलबार भारतसँग खेल्नेछ।

नेपालले सेमिफाइनलमा पुग्न मंगलबार भारतलाई पराजित गर्नु पर्नेछ। भारतसँग हार बेहोरेको अवस्थामा अन्तिम खेलमा पाकिस्तानलाई युएईले हराए पनि नेपालको झिनो सम्भावना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...