Susandesh Khabar

डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार रेग्मी र लामा लाई प्रदान  

 

विर्तामोड, साउन ७॥   डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार झुलन रेग्मी र डिकेश लामा  २१ हजार नगद सहीत  सम्मानित भएका छन। प्रेस सेन्टर नेपाल झापा शाखाले उक्त पुरस्कार स्थापना गरेको हो।

झापाका क्रान्तिकारी पत्रकार एवम् साहित्कार डी कौडिन्यलाई शाही सेनाले वि.सं. २०५९ साउन ७ गते चारआली व्यारेकभित्र कायरतापूर्वक हत्या गरेको थियो । उहाँको स्मृतिमा वर्षेनी पत्रकारिता पुरस्कार वितरण हुँदै आएको छ ।

विर्तामोडको सिटी सेन्टरमा आयोजित समारोहमा कोशी प्रदेशका नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता एवम् पूर्व अर्थमन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि रहनु भएको थियो । उहाँले नै पुरस्कारको प्रमाणपत्र र नगद हस्तान्तरण गर्नुभयो ।

सेन्टरका झापा अध्यक्ष राजु पाठककको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अर्थमन्त्री आङ्बो, डी कोडिन्यकी पत्नी यमुना आचार्य, नेकपा माओबादीका केन्द्रीय सदस्य सुमन सिंह सी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतम, सेन्टरका केन्द्रीय सचिव विमल लामिछाने, सेन्टरका कोशी अध्यक्ष विनोद घिमिरे, अग्रज पत्रकार लीला बराल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस युनियनका झापा नेता राजेन्द्र गौतम, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजबादी प्रेस संगठन झापा अध्यक्ष शम्भु दाहाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा र डी कौडिन्यकी छोरी तृप्ति आचार्यले मन्तब्य  राखेका थिए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार देबकुमार अचार्य (डी कौडिन्य)को जीवनी र योगदानका बारेमा बिमल लामिछानेले जानकारी गराएका थिए । होम अधिकारीले स्वागत गरेको कार्यक्रमको सन्चालन  सचिव पुष्प खड्काले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...