Susandesh Khabar

कोटा बढाएर कामदार लैजान इजरायल सहमत

 

काठमाण्डौ साउन ७  सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजराइली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।

भेटमा दुईपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै जी-टु-जी प्रक्रिया अन्तर्गत केयरगिभरमा नेपाली श्रमिक इजराइल पठाउन भइरहेको छनोट प्रक्रियाका बारेमा पनि छलफल भयो।

छनोटको चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदवार गरी जम्मा आठ सय जना नेपाली श्रमिक इसराइल लैजाने भनिएको थियो। अब सो संख्या बढाएर एक हजार जना मुख्य उम्मेदवार र एक हजार जना वैकल्पिक उम्मेदवार गरी कुल दुई हजार जनासम्म नेपाली लैजान सकिने गरी सहमति भएको मन्त्रालयले जनाएको छ।

साथै, आगामी दिनमा कृषि लगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इसराइल लैजान सकिनेबारे छलफल भएको छ।

भेटमा मन्त्री भण्डारीले दुई देशबीचको श्रम सम्बन्धबारे सन्तोष व्यक्त गर्दै इसराइल-प्यालेस्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपीन जोशीको खोज-तलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल गर्न अनुरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...