Susandesh Khabar

छोटो समय मर्निङवाक गरेर धेरै स्वास्थ्यलाभ लिन सकिन्छ

 

सबै मानिसमा कडा व्यायाम गर्न सामर्थ नहुन सक्छ । कतिपय मानिसले व्यस्तताका कारण पनि व्यायामका लागि पर्याप्त समय छुट्याउन सकिरहेका हुँदैनन् । व्यायाम गर्न नसक्ने वा नभ्याउनेले छोटो समय मर्निङवाक गरेर धेरै स्वास्थ्यलाभ लिन सक्छन् ।

दैनिक कम्तीमा ३० मिनेट मर्निङवाक गर्दा शरीर तथा मस्तिष्क रिफ्रेस रहन्छ । स्फूर्ति बढ्छ । मोटोपन, मुटुरोग, मधुमेह, फ्याटी लिभरजस्ता रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्न सकिन्छ ।

कडा व्यायाम गर्न नसक्नेहरूले पनि मर्निङवाक गर्न सक्छन् । अर्थात्, बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि यो लाभदायी छ । यसले क्यालोरी घटाएर तौल नियन्त्रणमा भूमिका खेल्छ । यसका मानसिक फाइदा धेरै छन् ।

बिहानीको समयमा मर्निङवाक गर्दा वातावरण स्वच्छ हुन्छ र ताजा हावा लिन पाइन्छ । डिजिटल दुनियाँमा झुम्मिने बानी परेका अहिलेका धेरै मानिसलाई यसले प्रकृतिसँग जोड्ने काम गर्छ । चराचुरुंगीको आवाज सुन्दै बिहानीको शान्त समयमा हरियाली हेर्दै मर्निङवाक गर्दा स्ट्रेस र एन्जाइटी कम हुन्छ । मन शान्त र सिर्जनशील रहन्छ ।

 बिहानीको समय 
मर्निङवाक बिहानको समयमा गर्नुपर्छ । सूर्योदयभन्दा थोरै पहिले सुरु ग¥यो भने अधिकतम लाभ लिन सकिन्छ । यो समय शान्त र सुन्दर समय हो । स्वच्छ हावा चलिरहेको हुन्छ । अत्यधिक घाम चर्किएपछि मर्निङवाकमा निस्कनु राम्रो मानिँदैन । किनकि, चर्को घामले गर्दा डिहाइड्रेसन हुन सक्छ ।

 हल्का कपडा
धेरै बाक्लो लुगा लगाएर हिँड्दा चाँडै पसिना निस्कन्छ र तौल कम हुन्छ भन्ने भ्रम कतिपयमा छ । यो राम्रो होइन । यसले शरीरलाई डिहाइड्रेट गर्छ । तसर्थ, सकेसम्म कटनका कपडा (हावा छिर्ने, हल्का र शरीरलाई शीतलता प्रदान गर्ने) लगाउनु राम्रो हुन्छ । त्यसैगरी, आरामदायी स्पोर्टस् जुत्ता छनोट गर्नुपर्छ ।

 एक घण्टाअघि पानी 
कतिपयले हिँड्नुभन्दा एकैछिनअघि मात्रै पानी पिउँछन् । तर, पानी पिएलगत्तै हिँड्न थाल्दा पेटमा समस्या देखिन सक्छ । दिसा लाग्लाजस्तो हुने, छिनछिनमा पिसाब आउने समस्या देखिन्छ । तसर्थ, मर्निङवाक गर्नुभन्दा एक घण्टाअघि पानी पिउनु राम्रो हुन्छ ।

 नियमित हिँड्नुस् 
कतिपय व्यक्ति एकै दिनमा घण्टौँ तथा कैयौँ किलोमिटर हिँड्ने अनि अन्य दिन चुपचाप बस्छन् । कतिपय व्यक्ति एकै दिन छिटो–छिटो हिँड्न खोज्छन् । तर, लामो अवधि हिँड्नुभन्दा महत्वपूर्ण थोरै–थोरै अवधि भए पनि नियमित हिँड्नु हो । दैनिक ३० मिनेट हिँड्दा पनि हुन्छ, तर नियमित हुनुपर्छ । यसले मुटु, फोक्सो, हाड–जोर्नी, मांसपेशी सबैको अभ्यास हुन्छ ।

 उकालोमा बिस्तारै हिँड्नुस् 
उकालो–ओरालोमा बिस्तारै हिँड्नुपर्छ । यस्ता ठाउँमा छिटो–छिटो हिँड्दा जोइन्टहरू बिग्रने जोखिम रहन्छ । कतिपय मानिस ओरालोमा फटाफट हिँड्ने गर्छन् । यसरी हिँड्दा पछि गएर घुँडाको समस्या आउँछ ।

 खानपानमा ध्यान दिने
केही खाएलगत्तै मर्निङवाकमा निस्कनु राम्रो होइन । यदि केही खानुहुन्छ भने आधा घण्टा आराम गरेर मात्रै निस्कनुस् । कतिपयले चिया, कफी खाने गर्छन् । यसले पनि शरीरमा डिहाइड्रेसन गराउँछ । पिसाब बढी लागेर शरीरमा पानीको मात्रा कम भइदियो भने मिर्गाैलामा असर पर्न सक्छ । तसर्थ, मर्निङवाक जानुअघि चिया, कफी पिउनुहुँदैन । मर्निङवाकबाट आएलगत्तै पनि चिया, कफी पिउनु राम्रो मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...