Susandesh Khabar

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरियो

 

नेपाल एसिसी महिला एसिया कपको समूहचरणबाटै बाहिरिएको छ।

पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो।

दोस्रो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको नेपाल मंगलबार समूहचरणको अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भयो। भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो।

नेपाली ओनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन्। २२ बल खेलकी उनले तीन चौका प्रहार गरिन्। रुबिना क्षेत्री १५, इन्दु बर्मा १४ रनमा आउट हुँदा बिन्दु रावल १७ र सबनम राई एक रनमा अविजित रहिन्।

भारतकी दिप्ती शर्माले सर्वाधिक तीन विकेट लिइन्। अरुणधती रेड्डी र राधा यादवले समान दुई विकेट लिँदा रेनुका सिंहको नाममा एक विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...